फुङलिङमा हराएको ट्रान्सफर्मरको खोजीका क्रममा तामाको तारसहित दुई जना पक्राउ परेका छन्, अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
ताप्लेजुङ — विद्युतीय ट्रान्सफर्मर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला गाउँपालिका–४ साँवाका ३३ वर्षीय फुपुनाम्गे शेर्पा र फक्ताङलुङ गाउँपालिका–१ सावादिनका ३९ वर्षीय आइतबहादुर लिम्बू पक्राउ परेका छन् ।
उनीहरूलाई प्रहरीले चोरी भएको विद्युतीय सामग्रीसहित पक्राउ गरेको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङलिङ नगरपालिका–२ नागेश्वरी आँपगाछी छेउमा राखिएको ट्रान्सफर्मर कार्तिक २ गते हराएको थियो । खोजतलासको क्रममा बेरिएको तामाको तार दुई रोल र दुई क्वायल तारसहित पक्राउ गरिएको बस्नेतले जानकारी दिए ।
उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।
