दुर्घटनामा गम्भीर घाइते पालिका कर्मचारीको निधन

विराटनगरस्थित न्युरो अस्पतालक चिकित्सकले उनलाई सोमबार मृत घोषणा गरेका हुन् ।

कार्तिक १०, २०८२

लक्ष्मी गौतम

Municipal employee seriously injured in accident dies

पाँचथर — कार्यालयबाट घर फर्किने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी इलामको सूर्योदय नगरपालिकाकी कार्यालय सहयोगी रुपा राईको निधन भएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालक चिकित्सकले उनलाई सोमबार मृत घोषणा गरेका हुन् ।

असोज ८ गते शनिबार कार्यालयबाट घर फर्किने क्रममा उनी चढेको अटोलाई पिकअप भ्यानले ठक्कर दिँदा राई गम्भीर घाइते भएकी थिइन् । शनिबार सार्वजनिक बिदा भए पनि विपद‍्को कामलाई सहजीकरण गर्न राई कार्यालय पुगेकी थिइन् ।

घाइते राईलाई बी एण्ड सी अस्पतालमा उपचारका लागि पठाइएकामा उनलाई त्यहाँबाट आइतबार घर फर्काइएको थियो । झापाबाट ल्याएर फिक्कल अस्पतालमा पुनः परीक्षण गर्दा न्युरो अस्पताल लैजान सुझाइएपछि त्यहाँ पुर्‍याइएकी राईको सोमबार निधन भएको हो । 

राई उपचारका क्रममा रहेकै बेला निधन भएको भन्दै सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिन थालिएपछि परिवारका सदस्यले आपत्ति जनाएका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully