भरुवा बन्दुकले हानेर छोराको हत्या 

मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर पछाडि बारीमा भरुवा बन्दुक चलाएर हत्या गरेका हुन् ।

कार्तिक ९, २०८२

लक्ष्मी गौतम

Son killed by gunshot

पाँचथर — पाँचथरको मिक्लाजुङ-८ भदौरका ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले भरुवा बन्दुक प्रयोग गरी छोराको हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर पछाडि बारीमा भरुवा बन्दुक चलाएर हत्या गरेका हुन् । उनले चलाएको बन्दुकको गोलीले १७ वर्षीय छोरा सफल सिंगकको शरीरका विभिन्न भागमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले बखतसिंहलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully