त्रियुगा नगरपालिका-११ स्थित बसपार्क छेउमा निर्माण गरिएको घाटमा प्रतिमिटर ६ सय रुपैयाँ शुल्क तोकेपछि छठसेवा समिति विवादित बनेको छ ।
उदयपुर — तराई/मधेसमा हर्षोल्लासका साथ मनाइने छ्ठ पर्वका लागि उदयपुरमा तयारी पूरा भएको छ । जिल्लाका त्रियुगा नदी, कटारीस्थित तावा खोलालगायत नदीमा घाट निर्माण सम्पन्न भएको छठ पर्व सेवा समितिले जनाएको छ ।
तर त्रियुगा नगरपालिका-११ स्थित बसपार्क छेउमा निर्माण गरिएको घाटमा प्रतिमिटर ६ सय रुपैयाँ शुल्क तोकेपछि छठसेवा समिति विवादित बनेको छ ।
घाट निर्माणका लागि संरचना निर्माणका लागि खर्च लागेकाले शुल्क उठाउनुपरेको छठसेवा समिति संयोजक चन्दन शाहले बताए ।
त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा नदीमा निर्माण गरिएको घाट भने नि:शुल्क उपलब्ध हुने जनाइएको छ ।
