संखुवासभामा खोलाले बगाएर युवकको मृत्यु

धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २६ वर्षीय युवकको शव शुक्रबार राति फेला परेको प्रहरीले जनाएको छ ।

कार्तिक ८, २०८२

दीपेन्द्र शाक्य

Youth dies after being swept away by river in Sankhuwasabha

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–११ सभाखोला किनारमा पिकनिक मनाउन पुगेका एक युवकको खोलाले बगाएर शुक्रबार राति मृत्यु भएको छ ।

धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २६ वर्षीय मिङमा शेर्पाको शव राति फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेर्पा ८ जनाको समूहसहित सभाखोला किनारमा उनीहरू पिकनिक मनाउन पुगेका थिए । पिकनिकका क्रममा शुक्रबार साँझ करिब ५ बजे खोलामा बगेर बेपत्ता भएका थिए ।

घटनाको सूचना राति करिब साढे ९ बजे प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सभाखोलाबाट प्रहरी नायब निरीक्षक महेन्द्रप्रसाद यादवको कमाण्डमा तीन जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

उनका शव राति करिब ११ बजेतिर घटनास्थलभन्दा करिब २ सय ५० मिटर तल खोलाको बीच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला परेको डीएसपी कुमारप्रसाद मैनालीले बताए । मृतकको शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टम गरिने प्रहरीले जनायो ।

दीपेन्द्र

Link copied successfully