तिहारका बेला तीन दिन, दसैंमा चार दिन करिब ६९ जनाले मोटरसाइकल, एउटा कार र एउटा सुमोमार्फत निःशुल्क यातायात सेवा दिएका थिए ।
खोटाङ — ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमा आठ सय बढी चेलीले सेवा पाएका छन् । माइती जाने चेलीलाई निःशुल्क सवारी सुविधा दिने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत तिहारमा साढे तीन सय र दसैंमा साढे चार सय हाराहारीमा चेलीहरूले सेवा पाएका हुन् ।
महिला, वृद्ध–वृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकालाई दसैं र तिहारमा माइती र मावली पुर्याइएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए ।
तिहारका बेला तीन दिन, दसैंमा चार दिन करिब ६९ जनाले मोटरसाइकल, एउटा कार र एउटा सुमोमार्फत निःशुल्क यातायात सेवा दिएका थिए ।
‘दसैंमा साढे चार सय र तिहारमा साढे तीन सय हाराहारीमा चेलीले सेवा पाएका थिए,’ राईले भने, ‘सवारी साधन, तेल, खाना–खाजा लगायतमा विभिन्न सहयोगीले सहयोग गर्नु भएको छ ।’
यो अभियानको पहिलो संस्करण गत वर्ष सञ्चालन गरिएको थियो । गत वर्ष चार सय १५ जनाले यो सेवा पाएका थिए ।
