ताप्लेजुङमा तमोर नदीले बगाउँदा युवक बेपत्ता

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आठराई त्रिवेणी गाउँपालिकामा रहेको ससुरालीबाट घर फर्कने क्रममा तमोर नदीले बगाउँदा ३० वर्षीय युवक बेपत्ता भएका हुन् ।

कार्तिक ७, २०८२

आनन्द गौतम

Youth goes missing after being swept away by Tamor River in Taplejung

ताप्लेजुङ — फुङलिङ नगरपालिका–७ दोखुका ३० वर्षीय राजन काङवाङ तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शुक्रबार आठराई त्रिवेणी गाउँपालिकामा रहेको ससुरालीबाट घर फर्कने क्रममा तमोर नदीले बगाएको हो ।

खड्कुडे भन्ने स्थानमा पौडी खेल्न नदीमा पसेको आशंका प्रहरीले गरेको छ । मेवाखा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नमा शेर्पासहित स्थानीयले खोलामा खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully