उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

कटारीबाट लेखानीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जिप शुक्रबार दिउँसो अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको हो । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कार्तिक ७, २०८२

राकेश नेपाली

Jeep accident in Udayapur, 15 injured

उदयपुर — उदयपुरको कटारी नगरपालिका–४ बिजुलेडाँडामा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

कटारीबाट लेखानीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जिप शुक्रबार दिउँसो अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको हो । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई तत्काल प्रादेशिक अस्पताल कटारीमा लगिएको र अवस्था अनुसार अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।

दुर्घटनामा घाइते हुनेमा दुधौली नगरपालिका–१४ सिन्धुलीका ६७ वर्षीय क्षेत्रबहादुर मगर, कटारी–८ का ४५ वर्षीय अर्जुन तामाङ, २५ वर्षीया राममाया तामाङ, ३३ वर्षीया मिनाकुमारी तामाङ, ३० वर्षीय दुर्गा दुलाल, २४ वर्षीया मनिषा दुलाल, १३ वर्षीय लाटाङ तामाङ रहेका छन् । 

यस्तै ५२ वर्षीय दिलबहादुर तामाङ, ५९ वर्षीय अमृतबहादुर तामाङ, ६२ वर्षीय रत्नलाल तामाङ, ४३ वर्षीय मानबहादुर श्रेष्ठ, ६८ वर्षीय कृष्ण राई, ३४ वर्षीय देवबहादुर राई, ६ वर्षीय चन्द्रबहादुर तामाङ र २२ वर्षीया लक्ष्मी तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

चालक कटारी–१४ लेखानीका ३० वर्षीय सागर राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully