हत्या आरोपी एक घण्टा नबित्दै पक्राउ

घटनामा स्थानीय विक्रम कुमालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिए ।

कार्तिक ५, २०८२

दीपेन्द्र शाक्य

Murder suspect arrested within an hour

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा मंगलबार साँझ धारीलो हतियार प्रहारबाट हत्या भएपछि प्रहरीले एक घण्टा नबित्दै आरोपी पक्राउ गरेको छ । 

उनले ५५ वर्षका कर्णबहादुर कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनामा स्थानीय विक्रम कुमालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिए ।

‘घटनाको कारण र प्रयोग गरिएको हतियारबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी मैनालीले भने, ‘आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।’

प्रहरीका अनुसार घटनास्थलमा आवश्यक प्रमाण संकलनको काम भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको छ ।

स्थानीयहरूले घटनापछि क्षेत्रमा त्रास फैलिएको बताए पनि प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully