झापाबाट गाडीको छतमा राखी ल्याइएका पटका मेवाखा प्रहरी चौकीले चेकजाँचका क्रममा बरामद गरेको हो ।
ताप्लेजुङ — तिहारका लागि सदरमुकाम फुङलिङ भित्र्याउँदै गरेको पटका प्रहरीले बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापाबाट गाडीको छतमा राखी ल्याइएका पटका मेवाखा प्रहरी चौकीले चेकजाँचका क्रममा बरामद गरेको हो ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मे १ ज १३८८ नम्बरको गाडीमा ल्याइएका ती पटका मध्ये लसुनपटका दुई सय थान, चकलेटपटका एक सय थान र विभिन्न प्रकारका २० थान रहेका थिए ।
दीपावलीमा अत्यधिक पटका पड्काइने गरेको छ । यसबाट आगलागी लगायतका जोखिम हुने भएकाले प्रयोग नगर्न प्रहरीले यसअघि देखिनै सूचित गर्दै आएको छ ।
