बर्खायाम सुरु भएसँगै ठाउँठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो ।
तालेजुङ — सदरमुकाम फुङलिङबाट टुक्रे-हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । संविधान सभा सदस्य तथा हाङदेवावासी सञ्चपाल मादेनका अनुसार तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा आजदेखि उक्त सडकमार्ग सञ्चालनमा ल्याइएको हो ।
बर्खायाम सुरु भएसँगै ठाउँठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो । यातायातका साधन बहानन्दे हान्द्रुङ घुम्नुपर्ने बाध्यतामा थिए ।
आजैबाट यही मार्ग भएर यातायात सञ्चालन गर्न सकिने मादेनले जानकारी दिए । अरु निकायले बेवास्ता गरेपछि आफूलगायत समुदायले गरेको अनुरोधलाई तमोर मेवाले ग्रहण गरेर सडक खुलाइदिएको मादेनले बताएका छन् ।
सदरमुकामबाट उत्तरी क्षेत्र जोडिने यो सडक निकै छोटो रहेको छ ।
यो सडकमार्ग भएर फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक लेलेप ओलाङचुङ गोला हुँदै नेपाल–चीन सीमा टिप्ताला भञ्ज्याङ पुगिन्छ । लेलेपदेखि ओलाङचुङ गोला सडक भने अझै अवरुद्ध छ ।
