मिक्वाखोलाका सवै वडामा विद्युतको केन्द्रीय प्रसारण लाइन

यसअघि मिक्वाखोलाको वडा नम्बर १ र २ खोक्लिङसम्म पुगेको थियो । वडा नम्बर ३ लिवाङ, ४ साँवा ५ पापुङमा समेत केन्द्रीय प्रसारण लाइन पुगेको हो ।

आश्विन २६, २०८२

आनन्द गौतम

Central transmission line of electricity in all wards of Mikwakhola

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिकाका सबै वडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

यसअघि मिक्वाखोलाको वडा नम्बर १ र २ खोक्लिङसम्म पुगेको थियो । वडा नम्बर ३ लिवाङ, ४ साँवा ५ पापुङमा समेत केन्द्रीय प्रसारण लाइन पुगेको हो ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार गाउँपालिका समेतको समन्वय र साझेदारीमा पुरै पालिकामा प्रसारण लाइन जोडिएको हो । लिवाङ, साँवा र पापुङमा यसअघि स्थानीय उत्पादन प्रयोग हुँदै आएको थियो । 

स्थानीय उत्पादनमा अवरोध भइरहने र जनताको गुनासो आइरहेकाले पनि केन्द्रीय प्रसारण लाइन जडानमा जोड दिनुपरेको अध्यक्ष कार्कीले बताए । स्थानीय उत्पादनमात्रै भएकाले यो गाउँपालिकामा रहेका अधिकांश टेलिफोन टावरमा सोलार प्यानल र त्यसैको ब्याट्री राखिएको थियो । 

त्यो ब्याट्री घाम लाग्दामात्रै चार्ज हुने भएकाले घाम नलाग्दा र लामो समय पानी नपर्दा वा मौसम धुमिलहुँदा टावर नचल्ने समस्या रहेको छ । प्रसारणलाइन ति स्थानसम्म पनि पुर्‍याउने र नियमित अर्थात २४ सैं घण्टा चल्नेगरीको बनाइने कार्कीले बताएका छन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully