रामधुनी कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
सुनसरी — सुनसरीको रामधुनी नगरपालिका-२ मा गोली हानी एकजनाको हत्या भएको छ । रामधुनी कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली हानेर भागेको स्थानीयले बताएका छन् ।
गोली लागेर घाइते उनको घटनास्थलमै मृत्यु भएको हो ।
गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
