भदौ १६ गते खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो चालकलाई बन्दुक देखाएर रकम असुली गर्न खोजेको आरोपमा पक्राउ परेका राईलाई बुधबार तीन लाख ५० हजार धरौटीमा छाडिएको हो ।
खोटाङ — भरुवा बन्दुक देखाएर रकम असुली आरोपमा पक्राउ परेका कांग्रेस खोटाङका सदस्य श्यामकुमार राई धरौटीमा छुटेका छन् ।
भदौ १६ गते खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो चालकलाई बन्दुक देखाएर रकम असुली गर्न खोजेको आरोपमा पक्राउ परेका राईलाई बुधबार तीन लाख ५० हजार धरौटीमा छाडिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी स्थायी घर भएका राई निमित्त श्रेष्तेदार बाबुराम बस्नेतको आदेशले छुटेका हुन् । उक्त घटनालगत्तै फरार राई भदौ २० गते प्रहरीमा उपस्थित भएका थिए ।
राईमाथि डाँका उद्योगमा भदौ १८ गते मुद्दा दर्ता गरी अनुसन्धान गरी सरकारी वकिलमार्फत अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् ।