इलाम फिदिम सडक खण्ड अन्तर्गत पाँचथरको फिदिमदेखि इलामको भदौरेसम्म तीन दिन अगावै खुलेपनि बिब्ल्याँटे, पुवाखोला, नेपालटार र रक्से क्षेत्रमा दर्जनौं पहिरो गएकाले सडक पन्छाउन समय लागेको हो ।
पाँचथर — पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गको इलाम–फिदिम सडक खण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन इलामले यस खण्डका विभिन्न स्थानमा गएको पहिरो पन्छाएसँगै यो सडक सञ्चालनमा आएको हो ।
इलाम फिदिम सडक खण्ड अन्तर्गत पाँचथरको फिदिमदेखि इलामको भदौरेसम्म तीन दिन अगावै खुलेपनि बिब्ल्याँटे, पुवाखोला, नेपालटार र रक्से क्षेत्रमा दर्जनौं पहिरो गएकाले सडक पन्छाउन समय लागेको हो ।
यस क्षेत्रका विभिन्न स्थानमा एक्स्काभेटर लगाएर अवरोध पन्छाइएसँगै सडक सञ्चालन भएको सडक डिजिभन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार इलाम फिदिम खण्ड सडक खुलाइएपनि अब इलाम विर्तामोड खण्ड अन्तर्गत माइखोला र राजदुवाली क्षेत्रको अवरोध यथावत छ ।
‘अब सम्पूर्ण जनशक्ति र मेसिन राजदुवालीमा केन्द्रित गर्छौँ ।’ भट्टराईले भने ।