असोज १८ गतेदेखि अवरुद्ध इलामका विभिन्न सडक खण्डमा ७ वटा मेसिन परिचालन गरी थप २ एक्स्काभेटर ल्याउने तयारी भइरहेको सडक डिभिजनको भनाइ छ।
पाँचथर — अवरुद्ध मेची राजमार्गको इलाम–पाँचथर खण्ड खुलाउन ९ वटा एक्स्काभेटर परिचालन गरिएको छ । इलामस्थित बञ्चरे गोलाईमा सडक भत्किएको स्थान ब्याक कटिङ गर्न बिहानैदेखि काम भइरहेको सडक डिभिजन इलामले जनाएको छ ।
यसैगरी इलामकै पुवाखोला खण्डमा ३ वटा, मिलगोलाईतर्फबाट ३ वटा र राजदुवाली खण्डमा १ वटा मेसिन परिचालन गरिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार माइखोला–राजदुवाली खण्डका लागि थप २ वटा एक्स्काभेटर ल्याइँदै छन् । मिलगोलाईतर्फबाट पनि केही क्षणमै काम सुरु हुने भट्टराईको भनाइ छ ।
असोज १७ र १८ गते भएको भीषण वर्षापछि गएको पहिरो र बाढीले ठाउँ–ठाउँ अवरुद्ध भएको सडक पूर्णरूपमा खुलाउन समय लाग्ने पनि सडक डिभिजनले जनाएको छ । यो सडक असोज १८ गतेदेखि अवरुद्ध छ ।
