व्यवसायीहरूले भने मेची राजमार्ग र तमोर करिडोर दुवै अवरुद्ध रहेकाले पाँचथरको जोरसालबाट तेह्रथुमको सग्रान्तीबजार हुँदै म्याङलुङबाट धरान निस्कन यात्रु र सवारी सञ्चालकलाई सुझाव दिएका छन्।
ताप्लेजुङ — मेची राजमार्ग पूर्णरुपमा सन्चालनमा आउन चार/पाँच दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । ताप्लेजुङदेखि पाँचथर फिदिमसम्म कुनै अवरोध नभएपनि फिदिमदेखि राँकेसम्म एकतर्फी यातायात मात्रै चल्ने अवस्था रहेको छ ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रमा धेरै समस्या रहेको छ ।
‘आजदेखि सडक खुलाउन क्रृयाशिल रहन्छौं, सकेसम्म चाँडो खोल्ने प्रयास गछौं तर अहिलेको अवस्था हेर्दा चार/पाँचदिन सम्म लाग्ने देखिन्छ,’ भट्टराईले भने ।
पाँचथरका व्यवसायी दिपक नेपालले भने मेची राजमार्ग र तमोर करिडोर दुवै अवरुद्ध रहेकाले पाँचथरको जोरसालबाट तेह्रथुमको सग्रान्तीबजार हुँदै म्याङलुङबाट धरान निस्कन यात्रु र सवारी सञ्चालकलाई सुझाव दिएका छन् ।
