पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध 

गए राति उक्त सडक खण्डअन्तर्गत मुलघाट र नमस्ते झरना नजिक सडकमा पहिरो र लेदाे माटाे थुप्रिएर अवरुद्ध बनेकाे प्रहरीले जनाएको छ।

आश्विन १९, २०८२

रमेशचन्द्र अधिकारी

Dharan-Dhankuta road blocked due to landslides

धनकुटा — अविरल वर्षासंगै झरेकाे पहिरोको कारण काेशी राजमार्गकाे धरान-धनकुटा सडक अवरुद्ध बनेकाे छ।

गए राति उक्त सडक खण्डअन्तर्गत मुलघाट र नमस्ते झरना नजिक सडकमा पहिरो र लेदाे माटाे थुप्रिएर अवरुद्ध बनेकाे प्रहरीले जनाएको छ। 

त्यस्तै, मध्यपहाडी लाेकमार्गअन्तर्गत हिले-पाख्रिबास-लेगुवा खण्डमा समेत सडकमा क्षति पुगेका कारण उक्त सडक समेत अवरुद्ध छ। पहिरो गएको स्थानमा सडक डिभिजनको जेसिवीबाट पहिरो पन्छाउने कार्य भइरहेकाे जनाइएकाे छ। 

प्रशासनले ती सडकमा कुनै प्रकारका सवारी साधन सञ्चालन नगर्न सुचना जारी गरेकाे छ। धरानबाट धनकुटातर्फ गएका केही सवारी साधनलाई भेडेटार प्रहरीले धरानतर्फ नै फर्काइदिएकाे छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully