खोटाङमा खोलाले बगाएर युवक बेपत्ता

रावाबेसी गाउँपालिका–६ हौचुरस्थित मावली गएर फर्कने क्रममा शनिबार बेलुकी सात बजेतिर हौचुर खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए।

आश्विन १९, २०८२

डम्बरसिं राई

A young man disappeared after being washed away by a river in Khotang

खोटाङ — खोटाङमा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका २१ वर्षीय सुमन विश्वकर्मालाई हौचुर खोलाले बगाएर बेपत्ता भएका हुन् ।

रावाबेसी गाउँपालिका–६ हौचुरस्थित मावली गएर फर्कने क्रममा शनिबार बेलुकी सात बजेतिर हौचुर खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए।

राति ८ बजे प्रहरीलाई जानकारी आउनासाथ घटनास्थलमा प्रहरी पुगी स्थानीयको साथमा राति दुई बजेसम्म खोजतलास गर्दा फेला नगरेको डीएसपी बुढाथोकीले जानकारी दिए।

आइतबार बिहान सशस्त्र प्रहरी हलेसी गुल्मका डीएसपी शैलेन्द्र न्यौपानेसहितको सुरक्षा टोली घटनास्थलमा खटिएको डीएसपी बुढाथोकीले बताए। 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully