खोलाले बगाउँदा एक बालिकाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उजन राईकी छोरी तीन वर्षीय रेबिका राईको मृत्यु भएको हो।

आश्विन १९, २०८२

रासस

A girl died after being swept away by the river

उदयपुर — त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ ।

घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

रासस

Link copied successfully