खोलाले बगाउँदा उदयपुरमा एक बालिकाको मृत्यु

अविरल वर्षासँगै आएको बाढीले रौतामाई गाउँपालिका-३ पाकाना सैलेनी घर भई दमौटी बस्दै आएका उज्ज्वन राइकी ३ वर्षीया छोरी रेबिका राईको बाढीले बगाएर मृत्यु भएको हो ।

आश्विन १८, २०८२

राकेश नेपाली

A girl died in Udaipur after being swept away by the river

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीस्थित अम्बिका खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।

अविरल वर्षासँगै आएको बाढीले रौतामाई गाउँपालिका-३ पाकाना सैलेनी घर भई दमौटी बस्दै आएका उज्ज्वन राइकी ३ वर्षीया छोरी रेबिका राईको बाढीले बगाएर मृत्यु भएको हो । 

त्रियुगा नगरपालिका-५ का वडाध्यक्ष उद्धव थापाका अनुसार शनिबार दिउँसो खोलाछेउ बगरमा खेलिरहेको अवस्थामा अम्बिका खोलामा एक्कासि बाढी आएर बालिकालाई बगाएको हो ।

मृतक बालिकाको शव शनिबार बेलुका डेढ किलोमिटर तल फेला परेको र प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully