१६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु हिमालको सफल आरोहण

ताप्लेजुङ लेलेपका निमाले सङ्खुवासभाका निमाकै रेकर्ड ब्रेक गरेका हुन्।

आश्विन १३, २०८२

आनन्द गौतम

Successfully climbed Mount Manaslu at the age of 16 years, four months and 18 days

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका ६ लेलेप ताप्लेजुङका निमा छिरिङ शेर्पाले १६ वर्ष चार महिना १८ दिनको उमेरमा ८ हजार १ सय ६३ मिटर उचाईको गोरखामा रहेको मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरमा मनास्लु हिमाल आरोहण गर्ने किशोर पनि भएका छन् ।

यसअघि सङ्खुवासभाका  निमारिञ्जि शेर्पाले १६ वर्ष पाँच महिना १२ दिनको उमेरमा हिमाल आरोहण गरेर रेकर्ड बनाएका थिए । उनको रेकर्ड त्यही नाम राशिका ताप्लेजुङका शेर्पाले ब्रेक गरेको मिङमा बताउँछन् । निमा मिङमाका सहोदर भतिजो पनि हुन् । 

निमा छिरिङले आइतबार बिहान मनास्लुको आरोहण गरेको इलाइट कम्पनीले जनाएको छ ।

मनास्लु हिमाल आरोहण गरेका ताप्लेजुङ लेलेपका निमा छिरिङ शेर्पा । तस्बिर सौजन्य : इलाइट कम्पनी

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully