हरेक वडामा रहेका स्वास्थ्य चौकीमार्फत बिदामा पनि आकस्मिक तथा प्रसूति सेवा सञ्चालन गर्ने निर्णय भएको छ
ताप्लेजुङ — ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दसैंतिहार जस्ता चाडपर्व सहितका सार्वजनिक बिदामा पनि स्वास्थ्यसम्बन्धी तथा आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्ने भएको छ ।
दसैंको बिदामा पनि सेवा प्रवाह गर्नेगरी व्यवस्थापन मिलाइएको गाउँपालिका अध्यक्ष युक हां विर हाङ्गामले जानकारी दिए ।
गाउँपालिकामा ६ वटा वडा रहेका छन् । हरेक वडामा रहेका स्वास्थ्य चौकीमार्फत बिदामा पनि आकस्मिक तथा प्रसूति सेवा सञ्चालन गर्ने निर्णय भएको र त्यहीअनुसारको व्यवस्था मिलाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जयमान लङ्वाले बताए । असोज १३ देखि १८ गतेसम्म दसैंको बिदा छ ।
हरेक महिनाको ११ देखि १४ गतेसम्म हुने नियमित खोप भने तत्काललाई स्थगीत गरिएको र दसैंपछि सञ्चालन हुने पालिकाले जनाएको छ ।
