सवारी परीक्षण कार्यालय इटहरी प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

उनीहरुको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको उजुरी मन्त्रालयमा परेको थियो ।

आश्विन १३, २०८२

अर्जुन सुवेदी

The responsibilities of the Itahari chief and accountant of the vehicle testing office were taken away

सुनसरी — अनियमिततामा मुछिएको आरोप लागेपछि सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसिएको छ ।

सरकारले कार्यालय प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतको जिम्मेवारी खोस्दै मन्त्रालय तानेको हो । सेवाग्राहीसँग घुस माग्ने, अनावश्यक हैरानी दिने लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मन्त्रालयमा तानेको हो ।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा रा समेत हिनामिना भएको आशंका गरिएको मन्त्रालय स्रोतले जनाएको छ । कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाण सहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयमा उजुरी परेको थियो ।

मन्त्रालयले सो कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । इटहरीको पकलीमा रहेको सो कार्यालयबाट अन्तरप्रदेश भई सञ्चालन हुने सार्वजनिक सवारीसाधनको बाटो इजाजत पत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँच पास गर्ने, प्रदूषण परीक्षण लगायतका काम हुँदै आएको छ ।

अर्जुन

Link copied successfully