संखुवासभामा जिपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु 

संखुवासभाकाे खाँदबारी नगरपालिका-७, वेल्फेयर डाँडामा सोमबार दिउँसो उक्त दुर्घटना भएको थियो ।

आश्विन १३, २०८२

दीपेन्द्र शाक्य

A pedestrian died after being hit by a jeep in Sankhuwasabha

संखुवासभा — संखुवासभाकाे खाँदबारी नगरपालिका-७, वेल्फेयर डाँडामा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।

को १ च ९७७६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा पाँचखपन-३ निवासी ५५ वर्षीया गङ्गा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार दुर्घटनापछि प्रहरीले बोलेरो चालक तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

दीपेन्द्र

Link copied successfully