सुन्धारा कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

उनी जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय भोगिरहेका थिए ।

आश्विन १२, २०८२

आनन्द गौतम

Prisoner of forced labor case who escaped from Sundhara Jail arrested

ताप्लेजुङ — जेन-जी आन्दोलन र त्यसपछिको प्रदर्शको मौका छोपी केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल सुन्धारा काठमाडौंबाट फरार भएका ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा ताप्लेजुङमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङलिङ नगरपालिका-७ दोखु घर भएका पालुङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

फुङलिङ-६ आलुचौकमा साथीको घरमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । तत्कालका लागि ताप्लेजुङ कारागारमा राखिएको र पछि स्थानान्तरण गरिने उनले बताए ।

प्रहरी कार्यालयका अनुसार आयुषमाथि जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएको छ । उनले ५ वर्ष भुक्तान गरिसकेका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully