जेन-जी आन्दोलनका मृतक भण्डारीका परिवारलाई राहत र क्षतिपूर्ति रकम जिल्ला आइपुग्यो

मृतक परिवारका लागि राहतस्वरूप १० लाख र क्षतिपूर्तिबापत ५ लाख दिने भनिएअनुसार सबै रकम गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेको हो ।

आश्विन ११, २०८२

लक्ष्मी गौतम

Relief and compensation money has arrived in the district for the family of the deceased Bhandari of the Gen-J movement

पाँचथर — जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका पाँचथर हिलिहाङ-२ सिंहापुरका ३१ वर्षीय कमल भण्डारीका परिवारका लागि राहत र क्षतिपूर्ति रकम आएको छ । 

जिल्ला प्रशासन कार्यालय पाँचथरमा भण्डारी परिवारका लागि १५ लाख रुपैयाँको राहत तथा क्षतिपूर्ति रकम प्राप्त भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार मन्त्रिपरिषद्‌ बैठकको निर्णयअनुसार मृतक परिवारका लागि राहतस्वरुप १० लाख र क्षतिपूर्तिबापत ५ लाख दिने भनिएअनुसार सबै रकम गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेको हो ।

‘राहत रकम आइसकेको छ, अब उहाँहरुले मृत्यु दर्ता, मुचुल्का र वडाको सिफारिस लिएर आउनासाथ भुक्तानी पाउनुहुन्छ,’ पोखरेलले भने ।

सम्बन्धित समाचार : ‘बाँचे फर्किन्छु’ भनेर आन्दोलनमा हिँडेका कमल फर्किएनन्

 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully