मादी नगरपालिका-३ जिमि गाउँस्थित आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
संखुवासभा — सुनसरीको झुम्का कारागारबाट भागेका दिपेन लिम्बु संखुवासभामा पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा बिहीबार बिहान ५ बजे प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले मादी नगरपालिका-३ जिमि गाउँस्थित आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा लिम्बुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनलाई हाल मादीस्थित प्रहरी चौकी मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।
२०८० भदौ २५ गते जिल्ला अदालत इनरुवाको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएका लिम्बु भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेर घरमा लुकी बसेको अवस्थामा फेला पारिएको डीएसपी कुमारप्रसाद मैनालीले बताए ।
