धरानमा एकैदिन खुकुरी प्रहारका दुई घटना

खुकुरी प्रहारका दुई घटनामा दुइजना गम्भीर घाईते भएका छन् । घटनामा संग्लन एकजना पक्राउ परेपनि अन्य फरार रहेका छन् ।

आश्विन ६, २०८२

एलिना राई

Two incidents of khukuri attack in Dharan on the same day

धरान — धरानमा एकैदिन खुकुरी प्रहारका दुई छुट्टाछुट्टै घट्ना भएका छन् । जसमा दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिसपी प्रकाश जबेगुका अनुसार खुकुरी प्रहारका दुवै घटनामा परेका व्यक्तिहरु गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१७ बस्ने २० वर्षीय निशान राई माथि एक समुहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा राई गम्भीर घाईते भएका छन् । आईतबार राती आफनै घरमा सुतिरहेको अवस्थामा मोटरसाइकलमा आएको एक समुहले उनीमाथी आक्रमण गरेको हो । प्रहरीले घटनामा संग्लन धरान–१७ का ओबिन राईलाइ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार निशानको पेट, ढाड, कुम, कुहिना, नाडी र हातमा गहिरो चोट लागेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आईतबार दिउँसो धरान–१७ डाडाघोपामा आफनै घरमा बसिरहेका २२ वर्षीय सुवास राईमाथि धरान–१७ चारघरेका २३ वर्षीय ‘चाचा’ उपनामले चिनिने युवकमाथी पनि खुकुरी प्रहार भएको छ । उनीमाथी कसले खुकुरी प्रहार गरेको हो भनेर प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार सुवासको दुवै हात र कम्मरमा चोट लागेको छ । उनको पनि बीपी प्रतिष्ठानमा उपचार भईरहेको छ । 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully