शनिबार आयोजित १७ औं नगरसभाबाट चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बजेट पारित गरिएको हो । निर्धारित समयभन्दा दुई महिना ढिलो बजेट, नीति तथा कार्यक्रम पारित भएसँगै धरान उपमहानगरले 'बजेट होलिडे'बाट निकास पाएको छ ।
धरान — धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट ल्याएको छ ।
शनिबार आयोजित १७ औं नगरसभाबाट चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बजेट पारित गरिएको हो । निर्धारित समयभन्दा दुई महिना ढिलो बजेट, नीति तथा कार्यक्रम पारित भएसँगै धरान उपमहानगरले 'बजेट होलिडे'बाट निकास पाएको छ ।
यसअघिको कार्यपालिका बैठकमा कुल बजेटमध्ये चालु खर्चबाहेक पुँजीगततर्फको बजेटबाट १० प्रतिशत घटाएर मात्र कार्यान्वयन गर्ने निर्णय भएको छ । नगरसभामा उपप्रमुख एवं बजेट तर्जुमा समिति संयोजक बजेट प्रस्तुत गर्दै उपमेयर आईन्द्रबिक्रम बेघाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिएको जानकारी दिएका छन् ।
उनले आगामी आव २०८२/०८३ को बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार स्रोत अनुमान गरिएको बताए । यस्तै, संघीय सरकारबाट अनुदान ८९ करोड २९ लाख रुपैयाँ जुटाउने बताए ।
प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
उपमेयर बेघाले २० वटै वडाहरुका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगततर्फ आन्तरिक स्रोतबाट २१ करोड विनियोजन गरेका छन् ।
यस्तै सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ससर्त अनुदानमा ३ करोड ७८ लाखसमेत गरी कुल ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ससर्त अनुदान ४३ करोड ६० लाखसमेत गरी ४६ करोड ८५ लाख विनियोजना गरेका छन् ।
यसैगरी स्वास्थ्यतर्फ ससर्त अनुदान ६ करोड ५७ लाखसमेत गरी कुल ६ करोड ९९ लाख ९५ हजार विनियोजन छ भने सामाजिक विकासतर्फ कुल ४ करोड ८६ लाख ४५ हजार, आर्थिक विकासतर्फ ससर्त अनुदानसमेत १ करोड २९ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख , सार्वजनिक जग्गा संरक्षणतर्फ १५ लाख राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख विनियोजन गरिएको छ । प्रमुख भिजन, प्रमुख कोष, उपप्रमुख भिजन , उपप्रमुख कोष हटाएर नगर भिजन कोष बनाएको हो ।
यसैगरी, शिक्षा युवा तथा खेलकुदतर्फ कुल ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार, आर्थिक विकासतर्फ १ करोड २९ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ कुल २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ आन्तरिक स्रोतबाट १५ लाख, राजस्व परिचालनतर्फ आन्तरिक स्रोतबाट ४३ लाख, नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै २० बटै वडाहरुका लागि विनियोजित बजेटमध्ये वडा नं १ ले ७७ लाख ३४ हजार ५६९ रुपैयाँ बजेट पाएको छ भने वडा २ ले ६९ लाख १९ हजार २९३ रुपैयाँ, वडा नं ३ ले ६८ लाख ७९ हजार १०३ रुपैयाँ, वडा नं ४ ले १ करोड ११ लाख ३ हजार ४८३ रुपैयाँ पाएको छ ।
यस्तै, वडा नं ५ लाई १ करोड १६ लाख १२ हजार ५५२ रुपैयाँ, वडा ६ लाई १ करोड १० लाख ६७ हजार ७५९ रुपैयाँ, वडा नं ७ लाई ६६ लाख २१ हजार ३७९ रुपैयाँ विनियोजन गरिएको छ । वडा नं ८ लाई १ करोड ३५ लाख ४० हजार ३७९ रुपैयाँ, वडा ९ लाई ७४ लाख ३९ हजार ८४५ रुपैयाँ, वडा १० लाई ७९ लाख १९ हजार ५६९ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी, वडा नं ११ ले १ करोड २६ लाख २४ हजार ९४८ रुपैयाँ, वडा १२ लाई ७६ लाख ६३ हजार १२१ रुपैयाँ, वडा नं १३ लाई १ करोड ७ लाख ७६ हजार ८६२ रुपैयाँ, वडा नं १४ लाई ८१ लाख ४६ हजार ३४ रुपैयाँ, वडा नं १५ लाई १ करोड ९० लाख ८७ हजार ८२८ रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, वडा नं १६ लाई १ करोड १४ लाख २८ हजार ८२८ रुपैयाँ, वडा नं १७ लाई १ करोड ६२ लाख ९३ हजार ६९० रुपैयाँ, वडा नं १८ लाई ८१ लाख ९७ हजार ६९ रुपैयाँ, वडा नं १९ लाई १ करोड ११ लाख १४ हजार ९६६ रुपैयाँ र वडा २० लाई १ करोड ३८ लाख २८ हजार ७२४ रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर बेघाले जनाए ।
