धान खेतमा जंगली हात्ती मृत फेला

घटनाबारे सूचना पाएलगत्तै डिभिजन वन कार्यालय झापाको टोली घटनास्थल पुगेको डिभिजन वन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।

आश्विन ४, २०८२

नवराज सुवेदी

A wild elephant was found dead in a paddy field

झापा — मेचीनगरमा धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। शनिबार बिहान करिब ८ बजे  मेचीनगर-१ स्थित स्थानीय कमल कार्कीको खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो।

हात्ती शुक्रबार राति मरेको हुन सक्ने अनुमान गरिएको र घटनास्थल मेची नदी नजिकै रहेको संरक्षणकर्मी शंकर लुइँटेलले बताए । उनका अनुसार ढोइ (पोथी) हात्ती मृत फेला परेको हो । 

घटनाबारे सूचना पाएलगत्तै डिभिजन वन कार्यालय झापाको टोली घटनास्थल पुगेको डिभिजन वन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । 

`वन कार्यालयको टोली घटनास्थल पुगिसकेको छ । थप अनुसन्धानका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट समेत विज्ञ टोली बोलाएका छौं । अनुसन्धानपछि मृत्युको कारणबारे थाहा हुनेछ,´ उनले भने ।

नवराज सुवेदी

Link copied successfully