कुलुङको शव आज ल्याइने

मौसम खुलेपछि बुधबार शव जिल्ला ल्याइने र अहिले विराटनगरमै राखिएको आफन्तले बताएका छन्।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Kulung's body will be brought today

संखुवासभा — भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा मृत्यु भएका संखुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीण कुलुङको शव खराब मौसमका कारण मंगलबार जिल्ला ल्याउन सकिएन ।

नेपाली सेनाको हेलिकप्टरमार्फत शव संखुवासभा ल्याउने तयारी गरिएको भए पनि खराब मौसमका कारण शव विराटनगरमै रोकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।

मौसम खुलेपछि बुधबार शव जिल्ला ल्याइने र अहिले विराटनगरमै राखिएको आफन्तले बताएका छन्। 

कुलुङको अन्त्येष्टि मंगलबार नै सिलिचोङस्थित लकुवामा गर्ने तयारी भए पनि मौसम प्रतिकूलताले कार्यक्रम स्थगित भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully