झुम्का र नख्खुबाट भागेका कैदी पाँचथरमा पक्राउ

पक्राउ परेकामध्ये ललितपुरको नख्खु कारागारबाट भागेका १ र सुनसरीको झुम्का कारागारबाट भागेका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कौशल बुढाथोकीले जानकारी दिए ।

भाद्र ३१, २०८२

लक्ष्मी गौतम

Prisoners who escaped from Jhumka and Nakhkhu arrested in Panchthar

पाँचथर — जेनजी समूहको विन्द्रोहपछि भदौ २४ गते विभिन्न कारागारबाट भागेका ४ जना कैदी पाँचथरमा पक्राउ परेका छन् । 

पक्राउ परेकामध्ये ललितपुरको नख्खु कारागारबाट भागेका १ र सुनसरीको झुम्का कारागारबाट भागेका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कौशल बुढाथोकीले जानकारी दिए । उनका अनुसार नख्खुबाट भागेका कर्तव्य ज्यान मुद्दाका अभियोगी ३६ वर्षीय चन्द्र भन्ने विनय नेम्बाङसँगै झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाकै पाँचथर कुम्मायक-१ का ४५ वर्षीय चन्द्रबहादुर तामाङ, जबरजस्ती करणी मुद्दाका अभियोगी पाँचथर तुम्वेवाका ४० वर्षीय गोपाल बोहरा र लागुऔषध मुद्दाका अभियोगी पाँचथर फिदिम नगरपालिका-५ का ३० वर्षीय मंगलसिंह तुम्वापो मंगगलबार घरबाटै पक्राउ परेका हुन् ।

चारैजनालाई पाँचथर कारागारमा राखिएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully