भुइँमै कार्यपालिकाको बैठक

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा इटहरी उपमहानगरको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

भाद्र ३१, २०८२

अर्जुन सुवेदी

Executive meeting on the floor

सुनसरी — जेनजी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले भुइँमै बसेर कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।

उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएको आठ दिनपछि  मंगलबार कार्यपालिकाको बैठक बसेको हो ।

उपमहानगरको प्राङ्गणमा नगर प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरीसहित कार्यपालिका सदस्यहरू भुइँमै बसेर बैठक सम्पन्न गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा उपमहानगरको  कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए । आगजनीबाट कार्यालय ध्वस्त भएको  छ । आन्दोलनका क्रममा नगर प्रमुख पौडेल बस्ने भवन खरानी बनेको छ । प्रदर्शनका क्रममा पौडेलेको घरमा समेत आगो लगाइएको थियो ।

आन्दोलनका क्रममा इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

अर्जुन

Link copied successfully