फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला र याङमा तथा वडा नं. ६ लेलेपको घुन्सा लगायतका सीमावर्ती क्षेत्रका बासिन्दा चीन जाउ आउ गर्छन्। उनीहरू जानुअघि त्यहाँको प्रशासनलाई विवरण पठाउनुपर्ने प्रावधान रहेको छ।
What you should know
काठमाडौँ — ताप्लेजुङ सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई पनि समस्या भएको छ । खास गरी सीमा वारपार गर्नेहरुकालागि असहज अवस्था सिर्जना भएको हो ।
फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला, याङमा, वडा नं. ६ लेलेपको घुन्सा लगायतका सीमावर्ती क्षेत्रका बासिन्दा चीन जाउ आउ गर्छन्। उनीहरू जानुअघि त्यहाँको प्रशासनलाई विवरण पठाउनुपर्ने प्रावधान रहेको छ।
वडाका कर्मचारी तेन्जिङ शेर्पाका अनुसार वीच्याट बाट विवरण पठाउने गरिएको थियो । चिनियाँ अधिकारीले स्वीकृत गरेपछि नेपालीहरू निर्धक्क भएर जाने गरेका थिए । अहिले वीच्याट चल्न छोडेको र चीनका अधिकारीसँगको समन्वयमा समस्या भएको उनले बताए ।
ओलाङचुङगोलामा राम्रो इन्टरनेट नचल्ने भएकाले तेन्जिङले बस्तीदेखि तीन घण्टाको दूरीमा रहेको जोङगीन भन्ने स्थानमा आएर विवरण पठाउने गरेका थिए । त्यहाँ नेपाल टेलिकमको फोर जी डाटा चल्थ्यो । अहिले डाढाबाट सामाजिक सञ्जाल चल्न छोडेको छ ।
‘नाका खुलै भएकाले जाँदा त खासै समस्या नहोला तर आफूले पनि पठाएर र उताबाट आउनेको पनि विवरण लिएर आउजाउ गरेको राम्रो भरपर्दो हुने थियो,’ निवर्तमान वडाध्यक्ष तेन्जिङ शेर्पा भोटेको प्रतिक्रिया छ ।
ओलाङचुङगोलाको बस्तीबाट दिनभरि हिँडेर मात्रै द्विदेशीय सिमानाका टिपताला भन्ज्याङ पुग्न सकिन्छ । ५२ सय मिटर उचाइमा भएकाले कठिन यात्रा गरेर पुगिन्छ । त्यहाँबाट चीनको बस्ती रिउ र घुम्तीमा पुग्न ३५ किलोमिटर दूरी रहेको छ ।
पहिल्यै सूचना भए उता चीनको बस्तीबाट सवारी साधन झिकाउन सकिन्छ । हिँडेर जानु परे एक दिन नै लाग्ने भएकाले कठिन हुने सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् ।
