१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

बलत्कारको आरोपमा प्रहरीले बेलका नगरपालिका–२, कञ्चनजङ्गास्थित हिमशिखर सामुदायिक बोर्डिङ स्कुलका ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठलाई पक्राउ गरेको छ ।

भाद्र १६, २०८२

राकेश नेपाली

Principal arrested for raping a 14-year-old girl

काठमाडौँ — १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

बेलका नगरपालिका–२, कञ्चनजङ्गास्थित हिमशिखर सामुदायिक बोर्डिङ स्कुलका ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।

उनका अनुसार पीडित बालिकाकी भाउजुले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

पीडित पक्षका भनाइअनुसार, प्रधानाध्यापक श्रेष्ठले बालिकालाई प्रेम प्रस्ताव राखेका थिए। प्रस्ताव अस्वीकार भएपछि गत शनिबार बिहान ट्युसनको नाममा विद्यालय बोलाई कार्यालय कोठामा जबरजस्ती करणी गरेको पीडितकी भाउजुको आरोप छ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully