पहिरोका कारण उत्तर-दक्षिण कोसी राजमार्ग अवरुद्ध

आइतबार रातिको वर्षापछि आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिकाको मुख्य सडक पाँच सय मिटर क्षेत्र बगाएको छ।

भाद्र १६, २०८२

दीपेन्द्र शाक्य

North-South Kosi highway blocked due to landslides

संखुवासभा — गए राति परेको अविरल वर्षासँगै आएको पहिरोका कारण उत्तर-दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा पहिरो खस्दा राजमार्गमा आवतजावत पूर्ण रूपमा बन्द भएको हो।

स्थानीय प्रहरीका अनुसार आइतबार राति आएको वर्षापछि खसेको पहिरोले करिब पाँच सय मिटर सडक बगाएको छ। यसले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने मुख्य बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि भोटखोला र मकालु लगायतका उच्च भेगका बासिन्दा आवतजावतमा मारमा परेका छन्। अत्यावश्यक सामग्री बोकेका गाडी र यात्रुहरू बीचमै रोकिएका कारण थप समस्या भएको स्थानीयले बताएका छन्। केही बासिन्दाले पैदल यात्रामार्फत जोखिम मोलेर यात्रा गरिरहेका छन्।

सडक विभागका इन्जिनियर नरेश जिरेलले पहिरो पन्छाउने काम भइरहेको बताए । यसअघि पनि वर्षा याममा नेताभिर क्षेत्र बारम्बार पहिरो खस्ने जोखिमयुक्त स्थलका रूपमा चिनिँदै आएको छ। 

दीपेन्द्र

Link copied successfully