ताप्लेजुङमा गस्तीमा निस्कने क्रममा लडेका प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा धुलाबारी घर भएका ४५ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेल जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।

भाद्र १३, २०८२

आनन्द गौतम

The death of a police sub-inspector who fell while going on patrol in Taplejung

ताप्लेजुङ — जिल्ला प्रहरी कार्यालयबाट सदरमुकाम फुङलिङतर्फ गस्तीमा निस्कने क्रममा लडेर बेहोस भएका प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेहोस अवस्थामा तत्कालै अस्पताल पुर्‍याए पनि उनको उपचार सम्भव भएन । 

झापा धुलाबारी घर भएका ४५ वर्षीय भुजेल जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका थिए । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार हृदयघातको आशंका गरिएको छ । तर चिकित्सकको रिपोर्ट आएपछि मात्रै कारण भन्न सकिने उनले वताए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully