व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए।

भाद्र १२, २०८२

रासस

Farmers of Bhojpur enjoying commercial dragon farming

भोजपुर — सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताए।

वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए। बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उनको गुनासो छ ।

बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए। 'त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,' उनले भने।

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उनको धारणा छ । बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा किसान गौतमको जोड छ । 

रासस

Link copied successfully