आमसञ्चार विधेयकको विरोधमा संखुवासभामा पत्रकारको धर्ना

कोशी प्रदेशसभामा ‘आम सञ्चार विधेयक’ पेस भएलगत्तै व्यापक बहस सुरु भएको छ ।

भाद्र १२, २०८२

दीपेन्द्र शाक्य

Dharna of journalists in Sankhuwasabha against the Mass Communication Bill

संखुवासभा — कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकारहरूले विरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सङ्खुवासभाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको हो । सहभागी पत्रकारहरूले 'प्रेस स्वतन्त्रता जिन्दावाद', 'स्वतन्त्रता विरोधी प्रावधान खारेज गर' जस्ता नाराबाजी गरेका थिए ।

नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले विधेयकका स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

कोशी प्रदेशसभामा ‘आम सञ्चार विधेयक’ पेस भएलगत्तै व्यापक बहस सुरु भएको छ । विधेयकमा पत्रकारितामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठनहरूले तीव्र विरोध जनाइरहेका छन् ।

दीपेन्द्र

Link copied successfully