नाबालिका बलात्कार आरोपमा युवक पक्राउ

होक्सेमा नाबालिका बलात्कार आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

A young man was arrested on the charge of raping a minor

झापा — १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटना गत असार १४ गते रातिको हो । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully