नाबालिकालाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

५ गते साँझ पाथिभरा सामुदायिक वनमा नाबालिकालाई जबरजस्ती करणी गरिएको आरोपमा दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

भाद्र ९, २०८२

नवराज सुवेदी

Two persons were arrested for gang-raping a minor by taking them to the forest

झापा — १६ वर्षीया नाबालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा कचनकवलका दुई जना पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिकाका ७१ वर्षीय खत्री र सोही स्थानका ५५ वर्षीय तामाङ थरका दुई जना पुरुषलाई बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले स्थानीय पाथिभरा सामुदायिक वनमा लगेर ललाई फकाई, डर, त्रास देखाएर नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । झापा प्रहरीका अनुसार उक्त घटना गत बिहीबार (५ गते) साँझको हो ।

घटना पश्चात आइतबार नाबालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले पौडेल र तामाङलाई नियन्त्रणमा लिएको हो ।

नवराज सुवेदी

Link copied successfully