प्रलोभनमा पारी २० लाख ठगेको आरोपमा एकजना पक्राउ

साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसायबाट गरी नाफा आर्जन गर्ने प्रलोभन देखाएर ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

भाद्र ९, २०८२

लक्ष्मी गौतम

A person was arrested on the charge of cheating 20 lakhs through temptation

काठमाडौँ — साझेदारीमा व्यापार व्यवसाय गरेर राम्रो नाफा आर्जन गर्ने प्रलोभनमा पारेर सर्वसाधारणलाई ठगी गर्ने समूहका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-४ घर भएका अमित महतो भनिने कृष्ण मुर्मु रहेको पाँचथर प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले चितवन प्रहरीको सहयोगमा पक्राउ गरेको बताइएको छ ।

मुर्मुले नवलपरासीका जोगबहादुर थारु र बच्चु गुरुङसँगको मिलेमतोमा फाल्गुनन्द-२ का चक्रराज रम्तेललाई साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसायबाट नाफा आर्जन गर्ने प्रलोभन देखाएर २० लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

पक्राउपश्चात् पाँचथर ल्याइएका मुर्मुलाई हिरासतमा राखी अनुसन्धान सुरु गर्नका साथै ठगीमा संलग्न थारु र गुरुङको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिारी प्रहरी निरीक्षक रुपेश तामाङले जनाए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully