कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोइरालालाई

कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले २५ हजारसहित कोइरालालाई सम्मान गरेका हुन् ।

भाद्र ७, २०८२

रासस

Koishraj Regmi Memorial National Journalism Award to Koirala

मोरङ — कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८२ नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई प्रदान गरिएको छ । 

पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले २५ हजारसहित कोइरालालाई सम्मान गरे । त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सञ्चार प्रतिष्ठान विधेयक पत्रकारहरुको हितका लागि भएको बताए ।

यसअघि उक्त पुरस्कार महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले प्राप्त गरेका थिए ।

रासस

Link copied successfully