झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

भ्यान चालकसहित ९ यात्रु घाइतेहरूलाई बी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको छ।

भाद्र ६, २०८२

नवराज सुवेदी

EV van accident in Jhapa, 9 injured

झापा — ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान दुर्घटना हुँदा भ्यानमा सवार ९ जना घाइते भएका छन् । गएराति बुद्धशान्ति–३ धर्मकाटास्थित मेची राजमार्ग खण्डमा प्र.१–०१–००१ ज.४०८८ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।

दुर्घटनामा भ्यान चालक ताप्लेजुङ फुङलिङ गाउँपालिका–२ का लाक्पा थेपेन शेर्पासहित ९ यात्रु घाइते भएका थिए । घाइते हुनेहरूमा भक्तपुर चाँगुनारायणका सेसेहाङ सुवा, प्रेम यौङहाङ, टिका लिम्बु, सुवमा लिम्बु, झापा अर्जुनधाराका विजय लिम्बु, मनकुमारी लिम्बु र दमकका मनिता धिमाल र रिता धिमाल रहेका छन् ।

चालक शेर्पालाई इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा राखिएको र अन्य घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

नवराज सुवेदी

Link copied successfully