झापामा पिङले बेरिँदा १० वर्षीय बालकको मृत्यु

आमाले घाँटीमा साडी बेरिएको देखेर तत्काल उद्धार गरिन्, तर अस्पतालले बालकलाई मृत घोषित गर्‍यो।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

A 10-year-old boy died in Jhapa after being strangled by a ping

झापा —  झापाको अर्जुनधारा नगरपालिका–११, बालविकास टोलमा शुक्रबार साँझ साडीको पिङले बेरिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । नेत्रप्रसाद सिवाका छोरा प्रदीप सिवा आफ्नै घरको काठको बलोमा खेल्न बनाइएको साडीको पिङमा खेल्ने क्रममा दुर्घटनामा परेका थिए । 

बालककी आमाले घाँटीमा साडी बेरिएर पासो लागेको अवस्थामा छोरा देखेकी थिइन् । तत्काल घाँटीमा बेरिएको साडी खोलेर उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।

तर, अस्पतालका चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully