कालिका भगवती तथा मझुवागढी क्षेत्रमा बेलुकी ७ बजेपछि प्रवेशमा रोक

राति अबेरसम्म भीडभाड तथा होहल्ला हुन थालेपछि भदौ १ गतेदेखि प्रवेशमा रोक लगाएको हो ।

भाद्र २, २०८२

डम्बरसिं राई

Entry prohibited in Kalika Bhagwati and Majhuwagadhi areas after 7 pm

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले धार्मिक तथा पर्यटकीय कालिका भगवती मन्दिर तथा मझुवागढी क्षेत्रमा बेलुका ७ बजेपछि प्रवेशमा रोक लगाएको छ । राति अबेरसम्म भीडभाड तथा होहल्ला हुन थालेपछि भदौ १ गतेदेखि प्रवेशमा रोक लगाएको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने आवश्यकता देखिएकाले हाटडााडाको मुख्य प्रवेशद्वारबाट बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन् ।

‘सिडिओ, सुरक्षा निकायका प्रमुखहरूसहितको भदौ १ गते बसेको बैठकको आधारमा बेलुका ७ बजेपछि प्रवेशमा रोक लगाइएको हो,’ घिमिरेले भन, ‘यदि कोही व्यक्ति तोकिएको समयभन्दा अगाडि नै प्रवेश गरेको भए राति साढे ८  बजेभित्र प्रवेशद्वारभन्दा बाहिर निस्कनु पर्छ ।’

नगरपालिकाले पर्यटन विकासका लागि उक्त क्षेत्रमा करोडौँ लगानी गरेको छ ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully