इलाममा करेन्ट लागेर भारतीय युवकको मृत्यु

उनको माई नगरपालिका–२ मा घर निर्माणका क्रममा टायल फिटिङ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

भाद्र १, २०८२

लक्ष्मी गौतम

Indian youth dies of electrocution in Ilam

पाँचथर — इलामको माई नगरपालिकामा करेन्ट लाग्दा भारतीय युवकको ज्यान गएको छ ।

ज्यान गुमाउने युवा भारतीय नागरिक अफताब आलम रहेका छन् । उनको माई नगरपालिका–२ मा घर निर्माणका क्रममा टायल फिटिङ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

भारतको किसनगन्ज जिल्ला करुवामणि पञ्चायत सुरीभिट्टा निवासी २२ वर्षीय उनी रोजगारीका लागि इलाम आएका थिए ।

लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख (प्रहरी नायब निरीक्षक) सूर्य मोक्तानका अनुसार टायल फिटिङका क्रममा करेन्ट लागेर सख्त घाइते भएका आलमलाई उपचारका लागि माई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि भद्रपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully