हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

बरगाछीस्थित सडकमा हिँडिरहेकी उनीसहित दुई जनालाई हात्तीले आक्रमण गरेको थियो ।

श्रावण ३०, २०८२

रासस

Woman dies after being attacked by an elephant

दमक (झापा) — जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ की एक महिलाको मृत्यु भएको छ ।

साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा हात्तीको आक्रमणमा परी घाइते ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

उनकी बहिनी कविता राईलाई पनि हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रासस

Link copied successfully