धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको नाममा उच्च अदालतको उत्प्रेशणयुक्त परमादेश

ईश्वर कट्टेलले भरेको परीक्षा फर्म स्वीकार नगरेकोमा अदालतले महेन्द्र क्याम्पस धरानलाई फर्म भर्न दिन आदेश गरेको छ।

श्रावण २९, २०८२

अर्जुन सुवेदी

Exemption order of the High Court in the name of Mahendra Multipurpose Campus in Dharan

What you should know

सुनसरी — धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको नाममा उच्च अदालत विराटनगरले उत्प्रेशणयुक्त परमादेश जारी गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएल.बी. मा अध्ययनरत ईश्वर कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र कृपासुर कार्कीको इजलासले बुधबार क्याम्पसका नाममा उत्प्रेशणयुक्त परमादेश जारी गरेको हो ।

रिट निवेदक कट्टेलले कानुन बमोजिमको प्रक्रिया पूरा गरी एलएल.बी पहिलो वर्षमा पठनपाठन गरिरहेको अवस्थामा कट्टेलले प्रथम वर्षको परीक्षामा सहभागी हुनका लागि भरेको फर्म विपक्षी क्याम्पसले बुझ्न नपर्ने कानुनी व्यवस्था नदेखिएको भन्दै अदालतले रिट निवेदकलाई परीक्षामा सामेल हुन दिनू भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

निवेदक कट्टेलले एलएल.बी. मा भर्ना गरेपछि पूर्वाञ्चल विश्वविद्यालयबाट माइग्रेसन सर्टिफिकेट ल्याएको भन्दै क्याम्पसले निवेदक कट्टेललाई पहिलो वर्षको परीक्षा फर्म भर्नबाट वञ्चित गराएको थियो ।

नियमित पठन पाठनमा सहभागी भएकै अवस्थामा क्याम्पसले परीक्षाबाट वञ्चित गर्ने उद्देश्यले परीक्षा फर्म नबुझेपछि कट्टेलले साउन २१ गते बुधवार महेन्द्र बहुमुखी क्याम्पस धरान, क्याम्पस प्रमुख चन्द्र कुमार राई, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, त्रिभुवन विश्वविद्यालय कानुन संकाय डीनको कार्यालय काठमाडौं र डीन कृष्ण प्रसाद बस्यालविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । 

रिट निवेदन माथि सुनुवाई गर्दै अदालतले विपक्षीहरुका नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो । निवेदकका तर्फबाट अधिवक्ता मुक्तिनाथ सुवेदीले बहस गरेका थिए भने विपक्षीहरुको तर्फबाट अधिवक्ता डा. नेवल चौधरी र वरिष्ठ अधिवक्ता गोविन्दमणि दाहालले बहस गरेका थिए ।

अर्जुन

Link copied successfully